बसले ठक्कर दिएपछि माइक्रोबस त्रिशुलीमा खस्यो

बसले ठक्कर दिएपछि माइक्रोबस त्रिशुलीमा खस्यो


धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ स्थित खयरघारीमा माइक्रोबस दुर्घटना भएको छ।

चितवन खोलेसिमल जाँदै गरेको माइक्रोबसलाई भैरहवा जाँदै गरेको मिनिबसले ठक्कर दिएको हो।  लु२ख २१३४ नम्बरको बसले बा५ख ३१५१ नम्बरको माइक्रोलाई ठक्कर दिंदा माइक्रोबस ३० फिट तल खसेको छ ।

दुर्घटनामा माइक्रोमा सवार २ यात्रु घाइते भएका छन्। माइक्रोबसमा  १३ यात्रु  सवार थिए।  घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

 

Logo