भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी हिरासतमा

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी हिरासतमा


लखनउ,

भारत उत्तर प्रदेशमा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गा सम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतमा लिइएको जनाइएको छ । १० जनाको ज्यान जानेगरी भएको जग्गा सम्बन्धी विवादका कारण सोनभद्र जिल्लाको अवस्था आतंकित रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने विवादका लागि यसअघिको कांग्रेस सरकारलाई दोष दिएका छन् । मुख्यमन्त्री आदित्यनाथले कांग्रेसको शासन कालमा वनवासीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको बताए । मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् ।
एजेन्सी

Skip This
Logo