काठमाडौं
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराउने नेत्र विक्रम चन्द विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् । हरिसिद्धीस्थित प्रमुख आयुक्त यादवको घरमा बम विष्फोट गराएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेकपा मोओवादी काठमाडौ जिल्ला सदस्य मोहन शिवाकोटीलाई मंगलबार पक्राउ गरेको हो ।
वैशाख ८ गते बेलुका यादवको निवासमा अज्ञात समूहले बम विष्फोट गराउदा घर र पर्खालमा क्षति पुगेको थियो । विष्फोटमा संलग्न अन्य आरोपीहरुको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कारोबारबाट
प्रकाशित: १२ बैशाख २०७५ ०६:५० बुधबार