१० असोज २०७८ आइतबार

0 Shares

नेपाली बेरोजगार युवालाई बेइजिङ लगेर तालिम दिने चीनको घोषणा

काठमाडौँ

उत्तरी छिमेकी मुलुक चीनले नेपाली युवालाई तालिम दिने घोषणा गरेको छ । विहीबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाली युवालाई चीन लगेर तालिम दिने घोषणा गरेकी हुन् ।

नेपालमा बाँसबाट उत्पादित सामग्री प्रयोगमा ल्याउन चीनले आवश्यक प्राविधिक तालिम दिने राजदूत होङले बताइन् । ‘चीनमा बाँसबाट उत्पादित खाट, कुर्सी, टेबल र सजावटका सामग्री धेरै नै लोकप्रिय छन्’, उनले भनिन्– ‘ती सामग्री निर्माणको तालिम दिन नेपाली युवालाई चीन लैजाने हाम्रो योजना छ । छिट्टै यो योजना कार्यान्वयन हुन्छ ।’

मन्त्री बस्नेतले नेपाल चीनसँग उर्जा, जडिबुटी, वन÷वातावरण लगायत क्षेत्रमा थप सहकार्यका लागि तयार रहेको समेत स्पष्ट पारेका थिए । जवाफमा राजदूत योङले असल छिमेकीका नाताले नेपालको आर्थिक विकास र समृद्धिको योजनामा साथ दिन चीन सदैव तत्पर रहेको प्रतिबद्धता जनाइन् ।
नागरिकबाट

प्रकाशित: १४ बैशाख २०७५ ०८:२६ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी