मृतकको संख्या ६७: प्रदेश ३ मा सबैभन्दा बढी, प्रदेश ४ र ७ सुरक्षित (सूचीसहित)

मृतकको संख्या ६७: प्रदेश ३ मा सबैभन्दा बढी, प्रदेश ४ र ७ सुरक्षित (सूचीसहित)


अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्ममा २६ महिला र ४१ पुरुष गरी जम्मा ६७ जनाको मृत्यु भएको हो ।

त्यस्तै ३८ जना घाइते रहेको र ३० जना  बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ता भएकाहरुको खोजि कार्य जारि रहेको कार्यालयले जनाएको छ ।  प्रहरीले अहिलेसम्म १ हजार ४ सय ४५ जनाको उद्धार गरेको जनाएको छ।

बाढी पहिरो सबैभन्दा बढी प्रदेश १, २, ३, ५ र ६ प्रभावित भएको छ।  प्रदेश ३ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ। प्रदेश ३ मा २५  जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन्।  त्यस्तै प्रदेश १ मा २० जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना घाइते भएका छन्।  प्रदेश २ मा १८ जनाले ज्यान गुमाइसकेका छन भने ५ जना घाइते छन्।  प्रदेश ५ र ६ मा २/२ जनाले ज्यान गुमाएका छन्।

प्रदेश ४ र प्रदेश ७ मा कुनै मानवीय क्षति भएको छैन।

 

कहाँ कति ?

Logo