वर्षाका कारण उपत्यकाको फोहोर सिसडोल गएन

वर्षाका कारण उपत्यकाको फोहोर सिसडोल गएन


काठमाडौं,

विहिबारदेखि परेको अबिरल वर्षाका कारण उपत्यकाको एक मात्र सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । वर्षाका कारण केही ठाउँमा बाटो बिग्रिएको र ल्याण्डफिल साइट हिलाम्य भएकाले फोहोर व्यवस्थापन हुन नसकेको कामपाले जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका इन्जिनियर एवं ल्याण्डफिल साइट इन्चार्ज सरकारद्वीप श्रेष्ठका अनुसार अबिरल वर्षाका कारण फोहोर व्यवस्थापन हुन नसकेको हो । उहाँले ल्याण्डफिल साइट हिलाम्य भएकोले फोहोर व्यवस्थापन हुन नसकेको बताउदै पानी रोकिएर ल्याण्डफिल साइटमा केही सुख्खा हुनासाथ फोहोर व्यवस्थापन हुने बताउनुभयो ।

उपत्यकाका १८ स्थानीयतहहरुको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । हाल दैनिक ८ सय टन फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । कामपा वातावरण विभागले ल्याण्डफिल साइट सुख्खा हुनासाथ नियमित फोहोर व्यवस्थापन हुने जनाएको छ । उपत्यकाको फोहोर सिसडोल जान नसकेको कारण बाटोमा फोहोर थुप्रिन थालेको छ ।

निरन्तर वर्षात् भइरहे अझै केही दिन फोहोर सिसडोल लैजान सक्ने अवस्था हुँदैन । स्थानीयको अवरोधका कारण करिब दुई साताअघि झण्डै एकसाता फोहोर उठ्न सकेको थिएन । फोहोर व्यवस्थापन हुन थालेको केही दिनपछि अबिरल वर्षा भएपछि सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसकिएको हो ।
नेपाल समाचारपत्रबाट

Logo