छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो

छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो


काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । महानगरी प्रहरी परिसरमा उनीहरु दुवैजनाबीच सहमति भएको हो । अब उनीहरु एक अर्काले कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप लगाउन पाईनेछैन् ।

अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिईन् । आफ्नो सुरक्षाको माग गर्दै काठमाडौं जिल्ला प्रशासन मार्फत प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौले दुवै जनालाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

दुई जनाबीचको सहमतिपछि ओझाले घरभित्रको झगडा भएको र अहिले मिलिसकेको बताए । मिडियामा आएको कुरा प्रहरीकहाँ छलफलमा उठ्दै नउठेको भन्दै बताउँदै कानको जाली फुट्ने गरी हानेको भन्ने कुरा गलत भएको बताए । ‘हरेक मान्छेको घरमा झगडा पर्छ । वादविवाद हुन्छ । त्यही विवादलाई लिएर शिल्पाले प्रहरीमा आएकी हुन् । यो कुरा सामान्य घटना हो ।’ ओझाले भने ।

दुवै जनालाई छलफलको लागि बोलाईएको र सहमति भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । शिल्पाले दिएको शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालमा गोप्य रुपमा विवाह भएको थियो ।

शिल्पा हाल चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा बस्दै आएकी छन् । तर ओझाले भने आफूले कुनै हिंसा नगरेको दाबी गरेका छन् । सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्किएकी र प्रहरीमा हिंसा गरेको भन्दै उजुरी दिएको प्रहरीबाटै थाहा पाएको उनले बताए । उनले आफ्नो चरित्र हत्या गर्न कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका थिए ।

५५ बर्षपछि पहिलोपटक प्रहरीकोमा जाँदैछु- छवि ओझा

छबी ओझाविरुद्ध शिल्पा पोखरेलले दिईन् घरेलु हिंसाको उजुरी

Logo