कैलालीमा श्रीमानसँग मिलेर पूर्व प्रेमीको हत्या, गाडिएको अवस्थामा शव फेला

कैलालीमा श्रीमानसँग मिलेर पूर्व प्रेमीको हत्या, गाडिएको अवस्थामा शव फेला


कैलाली । कैलालीमा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेका छन् । चुरे गाउँपालिका ६ मडमा श्रीमान श्रीमती मिलेर गुल्मी घर भई मजदुरी गर्दै आएका ४० वर्षीय कमल कुँवरको हत्या गरेका हुन् ।

कमलको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गत असार २२ गते मडका लाल बहादुर लामा र उनकी श्रीमती कल्पना लामाले कमलको हत्या गर्दै सिमसेला खोला नजिकै खाडल खनेर गाडेका थिए ।

कुँवर कल्पनाका पूर्व प्रेमी भएको प्रहरीले जनाएको छ । असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानियले खोजी गरिरहेका थिए । खोजी गर्दै जाँदा स्थानीयहरुले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीयको जानकारीको आधारमा प्रहरीले कुँवरको हत्या गर्दै गाडेको अवस्थामा शव निकालिएको ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले जानकारी दिए ।

Logo