सडकको पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालन

सडकको पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालन


काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाने पहिरो हटाउन डोजरसहितको प्रहरी टोली परिचालित भएको छ । वर्षा सुरु भएसँगै पहिरो गएर घण्टौं सडक अवरुद्ध भइरहँदा चितवन प्रहरीले डोजरसहितको प्रहरी टोली परिचालन गरेको हो ।

आजदेखि इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीमा डोजरसहित प्रहरी परिचालन गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

दुई वटा समूहमा डोजरसहित प्रहरी खटिएका छन् । पाँच जनाको समूहमा दुई टिम डोजरसहित खटाइएको मल्ल्को भनाई छ । परिचालित टोलीले अवरुद्ध सडक तत्कालै खुलाएर यातायात सञ्चालन गराउँनेछ ।

यो टोलीले पहिरो हटाउनुका साथै कतै दुर्घटना भए पनि उद्धार गर्नेछ । मुग्लिन(नारायणगढ सडकमा वर्षातको बेला पहिरो जाने समस्या रहँदै आएको छ । जसका कारण घण्टौंसम्म सडक अवरुद्ध हुने गरेको छ । त्यसलाई न्युनिकरण गर्न चितवन प्रहरीले यस्तो कदम चालेको हो ।

Logo