कांग्रेसको मुख्यालय सानेपामा वामदेव गौतमद्वारा वृक्षारोपण (फोटोफिचर)

कांग्रेसको मुख्यालय सानेपामा वामदेव गौतमद्वारा वृक्षारोपण (फोटोफिचर)


राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा ललितपुरको सानेपामा पनि वृक्षारोपण गरिएको छ।

किसान महासंघको आयोजनामा पूर्व उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले वृक्षारोपण गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्यालय समेत रहेको सानेपामा वृक्षारोपण गर्दै नेता गौतमले भने, ‘रुख र हावा सबैको लागि अपरिहार्य छ त्यसैले आफ्नो घर वरपर विरुवा रोपौ ।’

यसैबीच बल्खुदेखि सानेपा हाईटसम्म ललितपुर महानगरपालिका २ का वडाध्यक्ष राजेश महर्जनको नेतृत्वमा नेपाल प्रहरी, महिला समूह, टोल सुधार समितिका पदाधिकारी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयले वृक्षारोपण गरेका छन् ।

 

Logo