गृहको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्याबासी

गृहको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्याबासी


महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरीलाई स्यावास दिएको छ। महाशाखाले ट्राफिक नियम पालना गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको कामको प्रशंसा गरेको हो ।

ट्राफिक नियम उल्लंघन गरी बुधबार सिंहदरबारको पूर्वी गेट छेउमा रोकिएको अवस्थामा ट्राफिक जवानले लक लगाइदिएका थिए । ट्राफिकले मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले चढ्दै आएको बा २ झ ४३८८ नम्बरको गाडीमा ‘ह्वील लक’ गरेका थिए । उनले एक हजार रुपैंयाको चिट पनि काटेका थिए ।

गाडीमा ह्वील लक गरेपछि गृहमन्त्रालयको ठाडो निर्देशनमा उनलाई तत्काल महाशाखा बोलाइएको थियो । तर, महाशाखाले उनलाई धन्यवाद दिएर कार्यक्षेत्रमा पठाएको छ । कारबाहीमा परेको गाडी गृहमन्त्रालय मातहतको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको रहेको खुलेको छ ।

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

Logo