विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान भिड्दै


विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।

यी हुदै टिम विश्वकपमा कमजोर टिम मानिन्छ । अफगानिस्तान अहिलेसम्म जितविहीन रहँदा बंगलादेशले भने दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गरिसकेको छ ।

जितविहिन अफगानिस्तान आज पहिलो जितको खोजीमा हुनेछ भने बंगलादेश तेस्रो जितको खोजीमा हुनेछ। ६ बंगलादेशले खेलबाट ५ अंक जोडिसकेको छ। तर पनि बंगलादेशको सेमिफाइनल प्रवेशको सम्भावना भने कमजोर नै छ ।

यो खेल इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा शुरु हुनेछ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), सौम्या सरकार, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, तमिम इकबल मोहम्मद सइफुदिन,  मुश्पिकर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, अबु जायद, सबिर रहमान, शकिब अल हसन, मोसदक हुसेन ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), मोहम्मद नावी अफतब आलम, अस्घर अफगान, दवालत जन, समिउल्लाह शिनवारी हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मुजिब उर रहमान, नजिबुलाह जऽान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, इक्रम अलिखिल ।

Logo