शोधनान्तर घाटा ४० अर्बले बढ्यो

शोधनान्तर घाटा ४० अर्बले बढ्यो


काठमाडौं,

चालू आर्थिक वर्षकोे १० महिनाको अवधिमा मुलुकको चालू खाता एवम् शोधनान्तर स्थिति कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू खाता घाटा र शोधनान्तर स्थिति अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चालू खाता घाटा करिब ३० अर्ब रुपियाँले र शोधनान्तर घाटा करिब ४० अर्ब रुपियाँले बढेको छ । चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा चालू खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रुपियाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रुपियाँ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड रुपियाँ पुगेको छ ।

१० महिना अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपियाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाख रुपियाँले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाख रुपियाँले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रुपियाँ रहेको छ ।
नेपाल समाचारपत्रबाट

Logo