1
1
1
1
1
0
Shares

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

1
1
1
1
1
1
1
1

गोरखा

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन् । बुधबार विद्यालयमा कम्प्युटर कोठामा भर्ना गर्न लागेका बेला एक्लै रहेको मौका छोपेर छात्रालाई टाउको, हात समाउँदै संवेदनशिल अंगमा सुम्सुम्याएको पिडित बालिकाले परिवारमा बताएपछि घटना बाहिर आएको हो ।

शिक्षकले संवेदनशिल अंगमा हातपात गरेपछि बालिका रुँदै विद्यालय बाहिर आएकि एक शिक्षकले बताए । पीडित बालिकाको परिवारले बाह्रकिलो प्रहरीचौकीमा उजुरी गरेपछि बुधबार राती प्रहरीले शिक्षक पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान हुँदै गरेको बताइएको छ ।
नागरिकबाट

प्रकाशित: ३ जेठ २०७५ ०८:२४ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी