सरकारद्वारा इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध

सरकारद्वारा इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध


काठमाडौं,
सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक र फ्लेबर सेन्थेटिक ड्रिक्स लगायत) को आयातमा बन्देज लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जनाएको हो ।

सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णय अनुसार स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो ।

सरकारले मंगलबार नै यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको हो ।
अन्नपूर्णबाट

Logo