नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने कुराले सांसद र संसदीय व्यवस्थाको गरिमा र मर्यादामा आँच आउने बताएकी छन् । "/>

सांसदलाई ल्यापटप बाँड्ने कुरा आपत्तिजनक- रामकुमारी झाँक्री

सांसदलाई ल्यापटप बाँड्ने कुरा आपत्तिजनक- रामकुमारी झाँक्री


नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने कुराले सांसद र संसदीय व्यवस्थाको गरिमा र मर्यादामा आँच आउने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको बताएकी हुन् । ‘सांसदलाई ल्याप्टप बाड्ने निर्णय भएको र टेण्डर आह्वान गरिएको सुन्दा मलाई दुःख लागेको छ’, उनले भनिन।

झाँक्रीले कहिले ६ करोडको सांसद विकास कोषको नाममा त कहिले (२०५१ साल)मा भन्सार छुटमा सांसदले गाडी ल्याउने कुरा तथा ल्याप्टप बाड्ने जस्तासस्तो कुराहरु गरेर सांसदको हुर्मत लिने काम बन्द गर्न पनि आग्रह गरिन् । उनले संसद सचिवालयको यस्तो निर्णयले सांसदप्रति जनताको नकारात्मक भावना विकास हुने भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरिन् ।

Logo