काठमाडौँ
सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो ।
नुवाकोट बेलकोटगढी नगरपालिका ८ का राजेन्द्र चित्रकारले त्रिशूली र तादी नदीमा सञ्चालित उद्योगले वातावरणीय प्रदूषण गरिरहेको तथा वायु तथा ध्वनि प्रदूषणबाट स्थानीय प्रभावित भएको भन्दै रिट दायर गरेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई विपक्षी बनाएर दायर रिटमा सर्वोच्चले अवैध क्रसर उद्योग बन्द गराउन आदेश सुनाएको हो ।
नयाँ पत्रिकाबाट
प्रकाशित: ६ जेठ २०७५ ०८:११ आइतबार