हाइड्रोपावरमा आगलागी, पाँच करोड बराबरको क्षति

हाइड्रोपावरमा आगलागी, पाँच करोड बराबरको क्षति


इलाम,

इलाम नगरपालिका ४ स्थित पुवाखोला बजार नजिकैको पुवाखोला स्थित जोशि हाइड्रोपावर जलबिद्युत आयोजनामा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट पाँच करोड रुपैंयाँ बराबरको क्षति भएको छ ।

जोशी हाइड्रोपावर कम्पनीद्वारा निर्मााण गरिएको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएको दुईवटा टर्वाइन मध्ये एउटामा आगलागि भएको आयोजनाका कर्मचारी चन्द्रबहादुर राईले बताउनुभयो । डेढ मेगावाट क्षमताको एउटा टर्वाइन भने विग्रीएको छ । तर अर्को टर्वाइनमा आगलागी भएको हो । त्यहाँबाट डेढ मेगावट बिद्युत उत्पादन भइरहेको छ । आगो स्थानीय, आयोजनाका कर्मचारीले करीब एकघण्टापछि नियन्त्रणमा लिएका थिए ।

आगो निभाउन इलाम नगरपालिकाबाट गएको दमकल भने आगो नियन्त्रण पछि मात्र पुगेको थियो । आयोजनामा जडान गरीएको टर्वान चाइना कम्पनीको रहेको आयोजनाको भनाई छ ।
नेपाल समाचारपत्रबाट

Logo