कतारमा पाल्पाली सेवा समाजले मनायो रमदान

कतारमा पाल्पाली सेवा समाजले मनायो रमदान


तिलु शर्मा पौडेल

दोहा कतार । इस्लामिक धर्मालम्बीहरुको पर्व ‘रमदान’ को अबसरमा कतारमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । पाल्पाली सेवा समाज दोहा कतारले रमदानको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

समाजले गत शुक्रबार जिल्ला स्तरीय भलिबल प्रतियोगिता, छैटौं अधिबेशन, सम्मान एवं विविध सांस्कृति कार्यक्रम सम्पन्न गरेको हो ।छैटौं अधिवेशन, सम्मान एवं विविध सांस्कृति कार्यक्रम संस्थाका अध्यक्ष इश्वर काफ्लेको सभापतितव तथा वरिष्ठ लोक गायक नारायण रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पाल्पा जिल्लाका एतिहासिक धार्मिक तथा पर्यटकीयस्थलहरुका तस्बिर भित्तामा टासेर हललाई पाल्पामय बनाइएको थियो । कार्यक्रममा कतारमा स्थापित ब्यबसायी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न ओहोदाका व्यक्तिहरु लगायत पाल्पाली र अन्य क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजले कार्यकाल अवधिभर उत्कृष्ट कार्य गर्ने समाजले चलाएका विभिन्न अभियानमा सहयोग गर्नेहरुलाई ताम्रपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

साँस्कृतिक कार्यक्रममा कलाकारहरु नारायण रायमाझी, मञ्जु पौडेल, शिरिष देवकोटा, बिक्रम परियार र सपना ढेंगाले प्रस्तुती राखेका थिए । साथै कतारमा रहेका पाल्पालीहरुले रोपाई नाच समेत प्रस्तुत गरेका थिए ।

समाजकै आयोजनामा सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियोगितको उपाधी स्याङ्जा सहयोग समाज कतारले जितेको छ । १५ वटा भन्दा बढी जिल्लाका २० टिमहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा बाग्लुङ सेवा समाज दोस्रो, कास्की आदर्श सेवा समाज तेस्रो र पाल्पा सेवा समाजले सान्त्वना स्थान हासिल गरे ।

Logo