चलचित्र ‘घर’ को तर्साउने ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)

चलचित्र ‘घर’ को तर्साउने ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)


चलचित्र ‘घर’ को ट्रेलर सार्वजनिक भएको छ । हरर जानरामा निर्माण भएको उक्त फिल्म अर्पण थापाले निर्देशन गरेका हुन् ।

थापाले नै लेखेको यो चलचित्रमा सुरक्षा पन्तलाई शीर्ष भूमिकामा देखाइएको छ । ट्रेलरमा सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ । यस्तै ट्रेलरमा अर्पण थापालाई पनि देख्न सकिन्छ । यो फिल्ममा एक घरको कथा देखाइएको छ, जुन घरमा भूतले तर्साउँछ ।

शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माता छन् । यस्तै फिल्ममा सूर्य थोकरको द्वन्द्व रहेको छ भने इमान विक्रम शाहको पार्श्वध्वनि रहेको छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् । यो फिल्म आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदै छ ।

 

Logo