७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर

७८ लाख धरौटी बुझाएर तारेखमा छुटे लम्बोदर


काठमाडौं,

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने लम्बोदर न्यौपानेलाई ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश गरेको छ । विशेष अदालतबाट आदेश भएको एक घण्टाभित्रै न्यौपानेले प्राइम बैंकबाट ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी बुझाएर तारेखमा बसेका हुन् । न्यौपाने नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सञ्चालक समिति अध्यक्ष हुन् ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी तारेखमा बस्ने आदेश गरेको हो । २० दिन अघि राजनारायण पाठकलाई पनि अदालतलाई ७८ लाख धरौटी बुझाउन आदेश गरेको थियो । पाठकले पनि अदालतको आदेश भएको एक घण्टामै ७८ लाख रुपैयाँ बुझाएर धरौटीमा बसेका थिए ।
नागरिकबाट

Logo