भक्तपुरमा जग्गा कब्जा गरेको विप्लवको दाबी

भक्तपुरमा जग्गा कब्जा गरेको विप्लवको दाबी


भक्तपुर,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा कब्जा गरेको छ ।

नेकपा जिल्ला जनपरिषद् भक्तपुर अन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको उक्त जग्गा कब्जा गरेको हो । चाँगुनारायण नपा २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ ।

परिषद्ले जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको हो । नेकपाको झण्डासँगै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत गाडिएको छ । ब्यानरसँगै जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसमेत टाँसिएको छ ।
अन्नपूर्णबाट

Logo