‘तिमीलाई नै खाेजी रहन्छ मन’ सार्वजनिक (भिडियोसहित)

‘तिमीलाई नै खाेजी रहन्छ मन’ सार्वजनिक (भिडियोसहित)


गायक बिजय बिष्टकाे आवाजमा रहेको गीत ‘तिमीलाई नै खाेजी रहन्छ मन’ सार्वजनिक भएकाे छ ।

आफ्नो मायालुलाई छाेडेर बिदेशमा बसि रहनुकाे पीडा र मायालुकाे याद आउँदाको भावनाहरु यस गीतमार्फत उतार्न खाेजिएकाे छ । बिजय बिष्ट र उमेश विश्वकर्माकाे शब्द रहेकाे गीतमा सँगीत स्वयम् गायक बिजय बिष्टले नै भरेका छन्। निरज श्रेष्ठको सँगीत सँयाेजन रहेकाे गीत साउन्ड मिल रेकडिङ्ग स्टुडियाेमा रेकर्ड गरिएकाे हाे भने महेस्वर मान राजभण्डारीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन्।

सँजित के घिसिङको निर्देशनमा बनेकाे भिडियाेमा गायक बिष्टकाे साथमा मेरि लिम्बुकाे अभिनय देख्न सकिन्छ ।

 

Logo