काभ्रेको पाँचखालका पुरातात्विक सम्पदाको उत्खनन् सुरु

काभ्रेको पाँचखालका पुरातात्विक सम्पदाको उत्खनन् सुरु


काभ्रे,
बर्षौंदेखि संरक्षण अभावमा अलपत्र अवस्थामा रहेका जिल्लाको पाँचखालका पुरातात्विक सम्पदाको उत्खनन् सुरु भएको छ । पुरातत्व विभागले बुधबार औपचारिक रुपमा उत्खननको काम सुरु गरेको हो । बिभागले पुरातत्वविद् उद्धव आर्चायको संयोजकत्वमा ५ जनाको टोलि उक्त क्षेत्रमा खटाएको छ ।

पाँचखाल नगरपालिकाले पुरातत्व संरक्षणका लागि नगर प्रमुख महेश खरेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिका सदस्य सचिवमा सम्पदा बचाउ अभियानका अभियन्ता श्रीकृष्ण धिमाल तथा सदस्यमा सुर्य भेटुवाल लगायतका रहेका छन् ।

उत्खननको सुरुवात गर्दै नगरपालिकाका मेयर खरेलले नगरपालिकाले पुरातात्विक सम्पदाको संरक्षण गर्ने कार्यमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । स्थानियले बषौँदेखि पुरातात्विक सम्पदाको भग्नाबशेषका रुपमा माटाका भाँडा, सिक्का, घैँटो तथा दरबारका कोठाहरुको जग फेला पारेका छन् । स्थानियले यस क्षेत्रमा माने राजा (मालेकोटार) को दरबार क्षेत्र रहेको ईतिहास पाईएको दावी गर्दै आएका छन् ।

पुरातत्वविद्ले यसअघि यस क्षेत्रमा प्रणालि (धाराको लिच्छविकालिन नाम) नारायणको मुर्ति तथा भगवतीको मुर्ति फेला परेको छन् । र यी १५०० बर्ष पुराना लिच्छविकालिन सम्पदा भएको पुष्टि गरिसकेका छन् । त्यस्तै यस क्षेत्रमा ऐतिहासिक ईँट्टा , दरबारको जग, पुरानिको कुवा (स्थानिय नाम) देखि प्राचिन रानिपोखरी सम्मको डेढ किलोमिटर क्षेत्रमा भेटिएको इट्टाको पाइप लाइन तथा सिक्का लगाायतका प्रमाण फेला परेपछि उत्खनन् तथा संरक्षणका लागि आह्वान गर्दे आएका थिए ।
राजधानीबाट

Logo