नेपाली फुटबल टोली आज मलेसिया जाँदै

नेपाली फुटबल टोली आज मलेसिया जाँदै


ललितपुर,

दुईवटा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि बिहीबार (आज) नेपाली टोली मलेसियातर्फ प्रस्थान गर्दैछ । मलेसिया र चाइनिज ताइपेइसँग खेल्ने मैत्रीपूर्ण फुटबलका लागि टोली बिहीबार मलेसियातर्फ जान लागेको हो । विश्वकप फुटबल २०२२ को छनौटको अभ्यास खेलका रुपमा यी दुई मैत्रीपूर्ण खेललाई लिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले टोलीको विदाई बिहीबार दिउँसो गर्दैछ ।

नेपाली टोली मलेसियासँगको मैत्रीपूर्ण फुटबल खेलेसँगै उतैबाट चाइनिज ताइपेईतर्फ प्रस्थान गर्ने नेपाली टोलीका ब्यवस्थापक कृष्णभक्त मानन्धरले जानकारी दिए । उनका अनुसार नेपालले मलेसियासँग जेठ १९ मा र चाइनिज ताइपेईसँग जेठ २३ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मलेसियासँगको खेलपछि जेठ २१ गते टोली ताइपेई पुग्ने र २३ गते मैत्रीपूर्ण खेल खेल्ने उनले बताए । नेपाली टोली मैत्रीपूर्ण खेल सक्काएर आउने जेठ २५ गते स्वदेश फर्कनेछ ।

Skip This
Logo