२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

आर्थिक मसान्तको मुखैमा मेलम्ची ठप्प !

1
1
1
1

काठमाडौँ

आगामी दसैं अघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ । बढीमा चार महिना भित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो । खानेपानीमन्त्री बिना मगरले ढिलोमा पनि दसैं अघि पानी वितरण गर्ने बताएकी थिइन् ।

मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार अन्तिम पत्र पठाएको छ । मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिना देखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए ।

ठेकेदारले विभिन्न बहाना गरेको, साइटमा इन्जिनियर लगायतसँग समन्वय नगरेको, उच्चपदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नगरेको लगायत कारणले मेलम्चीको काम अघि नबढेको उनको भनाइ छ । सम्बन्धित ठेकेदार पक्षको सहमति अनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम बाँकी छ ।

वैशाख १३ गते मन्त्रालयका उच्च कर्मचारी, मेलम्ची आयोजना विकास समितिका निर्देशक, एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधि, ठेकेदार र इन्जिनियर समेतको सिंहदरबारमा बसेको बैठकमा साउन ३० गते भित्र सुन्दरीजलमा पानी खसाल्ने गरीको तालिकासहित कार्ययोजना बनाइएको थियो । २७ किलोमिटर लामो सुरुङको गत चैत २७ गते सिन्धु ग्याल्थुम खण्डको साँढे सात किलोमिटर ब्रेक थ्रु भएको थियो ।

जेठ १६ गते मन्त्रालयका सचिवको नेतृत्वमा टोेली पुग्दा इन्जिनियर बाहेक कोही नभएपछि राष्ट्रिय गौरवको आयोजना मेलम्ची दूरवस्थामा पुगेको थाहा पाएका थिए। ‘काममा लापरबाहीको चरम नमुना देख्यौं । आश्चर्यमा परेका छौं’, सचिव बीसीले भने, ‘सार्वजनिक रूपमै बोलेको र कार्ययोजनामा सहमति भएको विषयमा काम नहोला भनेर हामीले सोचेकै थिएनौं ।’
भूकम्प लगायत कारणले ढिलो भएको र क्षतिपूर्तिबापत एक अर्ब ६५ करोड रुपैयाँ दाबी गरेको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । ‘चट्टान काट्ने कामका सन्दर्भमा २८ करोड दिएका छौं, बाँकीको मुद्दा डिस्प्युट बोर्डमा पेन्डिङ छ।’
अन्नपूर्णबाट

प्रकाशित: १९ जेठ २०७५ ०६:२० शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी