आर्थिक वर्ष २०७६/७७ को बजेट भोलि आउने

आर्थिक वर्ष २०७६/७७ को बजेट भोलि आउने


काठमाडौं,

आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार (भोलि) दिउँसो ४ बजे संसदमा प्रस्तुत हुने तयारी छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

यसपटकको बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वढ्ने बताइएको छ । बजेटको आकार १५ खर्ब भन्दा वढी हुने पनि यस अघि नै सरकारले सार्वजनिक गरिसकेको छ ।

Skip This
Logo