के प्रवल गुरुङ करण जोहरसँग डेट गर्दै छन् ?

के प्रवल गुरुङ करण जोहरसँग डेट गर्दै छन् ?


पछिल्लो समय सोसल मिडियाहरुमा नेपाली मुलको अमेरिकन डिजाइनर प्रवल गुरुङ र बलिउडको फिल्म मेकर करण जोहर एक अर्कालाई डेट गरिरहेको चर्चा भइरहेको छ । जोहरको बर्थ डेको मौका पारेर प्रवल गुरुङले करण जोहरसँगको एक तस्बिर सेयर गरेका छन् । बलिउडको प्राय सेलिब्रेटीहरुले करणलाई जन्मदिनको शुभकामना दिएका थिए । प्रवलको शुभकामना दिने शैली अलिक फरक देखिन्छ ।

प्रवलले आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा करणसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘प्यार किया तो डरना क्या ? ह्याप्पी बर्थ डे करण’ । प्रेम त गरियो अब किन डराउनु ? ठट्यौली शैलीमा नै सही उनले दुईविचको सम्बन्धबारे खुलाएका छन् । उनले तस्बिर सेयर गरे लगत्तै करणले पनि उनको जवाफ फर्काए । प्रवलको शुभकामना दिने शैलीलाई हल्का रुपमा लिँदै, ‘कन्ट्रोल युवरसेल्फ भैया’ भनेर कमेन्ट गरे ।

करणले निर्देशन गरेको फिल्म ‘कलंक’ मा प्रवलले सह–निर्देशकको भुमिका निभाएका छन् । यो भन्दा अघि नै उनीहरुको दोस्ती सामाजिक सञ्जालमा देखिदै आएको छ । करण अमेरिका पुग्नासाथ प्रवललाई नभेटी फर्कन सक्दैनन् । ‘माइ न्युर्योक बेस्टी’ भन्दै प्रवलसँग खिचाएको तस्बिर अपलोड गर्छन् ।

प्रवल पनि के कम । करण जोहरलाई आफ्नो ‘बेस्ट फ्रेन्ड’ बताउदै आएका छन् । भारतमा हुने फिल्म फेस्टिभलहरु भरसक छुटाउँदैनन् । बलिउड प्रति उनको प्रेम अथाह भएको बताउँछन् । शंकै छैन्, प्रवल बलिउडका बिग फ्यान हुन् । बलिउडकर्मीहरु पनि प्रवलका फ्यान ।

बलिउडसँग प्रवलको समिप्यता बढाउन करण जोहरको अहम भुमिका छ । उनीहरु दुवै एक अर्कासँग अत्यन्त निकट छन् त्यसैले सोसल मिडियमा उनीहरुको दोस्तीलाई लिएर विभिन्न अड्कलबाजी काटिन थालेको छ ।

प्रवल गुरुङ अमेरिका फेसन जगतमा परिचित नाम हो । उनको डिजाइमा सजिन बलिउड देखि हलिउडसम्मको सेलिब्रेटी लालयित हुन्छन् । उनले कैयौ प्रख्यात सेलिब्रेटीहरुलाई आफ्नो डिजाइनमा उतारिसकेका छन् ।

अहिले करण जोहर मल्टि स्टार फिल्म ‘तख्त’ को निर्देशनमा व्यस्त छन् । यस फिल्ममा आलिया भट्ट, रणवीर सिंह, जान्हवी कपूर, करिना कपूर, विक्की कौशल, भूमी पेडनेकर र अनिल कपूर मुख्य भुमिकामा देखिदैछन् ।

Logo