1
1
1

0 Shares

फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य जरुरी

1
1

काठमाडौं

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरू फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्का सांसदलाई कानुन तर्जुमा लगायत विषयमा संसदीय प्रक्रियाका बारे जानकारी दिन बुधबार संसद भवन बानेश्वरमा आयोजित अभिमूखीकरण कार्यक्रमको उद्घाटनमा बोल्दै उनले सांसदलाई कानुन निर्माणमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका हुन् ।

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनता प्रति सांसद उत्तरदायी बन्न आवश्यक छ भन्ने देखाएको छ’, उनले भने– ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ¥याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’

उनले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यहीं हुने बताए । अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानुनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे ।

त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुविधा भएकाले सिंहदरबारस्थित संसद सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदलाई सुझाव दिए । संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने २ दिने अभिमूखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: २४ जेठ २०७५ ०७:४१ बिहीबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी