प्रधानमन्त्रीलाई साह्रै हतारो: चुनावी नतिजा आईनसक्दै मोदीलाई शुभकामना

प्रधानमन्त्रीलाई साह्रै हतारो: चुनावी नतिजा आईनसक्दै मोदीलाई शुभकामना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा चुनावको मतगणना जारी रहेका बेला प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । उनी मोदीलाई बधाई दिने पहिलो सरकार प्रमुख हुन्।

लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त गर्ने संघारमा रहेका मोदीलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

ओलीले मोदीको अबको कार्यकाल पनि सफल रहोस् भनि कामना गरेका छन् । बधाई सन्देशमा प्रधानमन्त्री ओलीले मोदीको अबको कार्यकालमा पनि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरेका छन् ।

चुनावको अन्तिम नतिजा आउँन बाँकी रहेकी बेला प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीको उक्त कदमको आलोचना भएको छ ।

Logo