1
1
1
1

0 Shares

नारायणहिटी संग्राहलयले प्रवेश शुल्क बढाउने

1
1
1
1
1
1

काठमाडौ

संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ ।

पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ । करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ । प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपैया प्रस्ताव गरिएको छ ।

विभागको मातहतमा गए लगत्तै संग्रहालयले नयाँ शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपैयाँ उठाउदै आएको थियो । संग्रहालयले श्रीपेच खुला गरेपछि शुल्क बढाउने तयारी गरेको थियो । अब श्रीसदन पनि खुला गर्ने तयारी गरेका छौं, एक दशकसम्म रकम नबढेकोले रकम बढाउने प्रस्ताव तयार गरेका हौ–पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो ।

उहाँका अनुसार संग्रहालयको गुरुयोजना अनुसार अन्य कक्ष समेत खुला गर्ने तयारी भएकोले शुल्क बढाउने प्रस्ताव गरिएको हो । नारायणहिटीमा ५२ कक्ष छन् । अब तत्कालै केही कक्ष खुला गर्नेछौ–महानिर्देशक दाहालले भन्नुभयो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बि.सं २०६५ असार १ गते नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने निर्णय भएको थियो ।

यसैविच गत असोज २९ गते देखि खुला गरिएको श्रीपेच हेर्नेको भीड बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो अवलोकन गरी खुला गरिएको श्रीपेच खुले लगतै हेर्नेको संख्या अधिक रहेको संग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । संग्रहालयमा श्रीेपेच राखेपछि दैनिक झण्डै दुई हजार पर्यटकले श्रीपेच अवलोकन गर्ने गरेका छन् ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: १९ कात्तिक २०७५ ०७:१८ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी