1
0
Shares

‘सामसुङको आइफोन’ भनेपछि संचारमन्त्री भए भाइरल ! (भिडियोमा)

1
1
1

केन्द्रबिन्दु संवाददाता/काठमाडौं । ‘सामसुङको आइफोन’ यो शब्द सुन्दा कस्तो लाग्यो ? पत्यार लाग्यो कि हाँसो ? तर ‘सामसुङको आइफोन’ भन्ने शब्दले अहिले सामाजिक संजालको बजार तताइरहेको छ । संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले ’सामसुङको आइफोन’ भनेर सम्पत्ति विवरणमा लेखेपछि अहिले उनी भाइरल बनिरहेका छन् ।

संचारमन्त्री बास्कोटाले आफ्नो सम्पत्ति विवरणमा आफुसँग ‘सामसुङको आइफोन’ रहेको जनाएका हुन् । ‘सामसुङ आइफोन’ साथीबाट उपहार’ उनले दिएको विवरणमा लेखिएको छ ।

सामसुङ छुट्टै ब्राण्ड हो भने आइफोन एप्पलको उत्पादन हो । न एप्पलले सामसुङ नामबाट कुनै प्रडक्ट उत्पादन गरेको छ, न त सामसुङले नै आइफोन नामक कुनै प्रडक्ट उत्पादन गरेको छ । तर मन्त्री बास्कोटाले प्रस्टैसंग ‘सामसुङको आइफोन’ लेखेपछि उनलाई व्यंग्य गरिएको हो । कतिपयले उनीसंग प्रबिधिको अलिकति पनि ज्ञान नभएको भनेर टिप्पणी गरेका छन् भने कतिपयले आफुले पनि ’सामसुङको आइफोन’ किन्न चाहेको तर बजारमा नभेटेको भन्दै झटारो हानेका छन् । सञ्चार प्रविधी यिनै सञ्चारमन्त्रीको दायरामा पर्ने विषय हो ।

कसले के भने ?
‘ल है थाहा पाइराखौ, हाम्रा संचारमन्त्री गोकुल बास्कोटाले सामसुङको आइफोन बोक्ने गरेको तथ्य फेला परेको छ । सामसुङको आइफोन ??? अब यस्ता हैसियत भएका मनुवाले कसरी संचार क्षेत्रको बिकास गर्लान र खै ??’ नबिन निश्चलले फेसबुकमा लेखेका छन् । त्यस्तै रबिन पौडेलले लेखेका छन् –‘संचारमन्त्री गोकुल बास्कोटालाई आइफोन पनि सामसुङको उपहार दिएछन्, हे प्रभु ! यस्ता साथी त एक्स गर्लफ्रेन्डको पनि नहुन् ।’

‘मन्त्रीज्यू, यो सामसुङको आइफोन गुगलमा खोजेको खोज्यै छु, भेटिन । उल्टै गुगलले अब एकचोटी खोजिस भने पिट्छु भन्यो । तपाइले सामसुङ आइफोन कताबाट पाउनु भो जानकारी पाम त । जे पर्छ पर्छ एउटा हान्दिने सोचमा छु ।’ अर्का फेसबुक प्रयोगकर्ता प्रदिप कस्पालले लेखेका छन् । ‘होइन यो सामसुङको आइफोन कता पाइन्छ ? आज शुक्रबार बिदा छ क्यारे एउटा किन्ने सोच्दैछु ।’ महेश दाहालले व्यंग्य गरेका छन् ।

 

प्रकाशित: २५ जेठ २०७५ १५:३६ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी