आजको मौसम : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

आजको मौसम : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने


काठमाडौं,

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पानी परेको ठाउँको मौसम अहिले खुलेको छ । तर दिउँसोपछि काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उहाँको अनुमान छ । भोलिदेखि भने मौसममा सुधार आउन सक्ने बताइएको छ ।

Skip This
Logo