आईपीएलको यो सिजनबाट सन्दीपले ५५ लाख रुपैयाँ पाउने

आईपीएलको यो सिजनबाट सन्दीपले ५५ लाख रुपैयाँ पाउने


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछानेले झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपले यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् ।

दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई जनही १२ लाख ८० हजार भारतीय रुपैयाँ दिनेछ । त्यही अनुसार सन्दीपले १२ लाख ८० हजार (साढे २० लाख नेपाली रुपैयाँ) पाउनेछन् ।

त्यसपछि सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएपछि उनले सो उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए । त्यसपछि यो सिजन आइपीएल खेलेवाफत सन्दीपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो ।

यसको अर्थ उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

सन्दीपको आईपीएल यात्रा, सफल की असफल ? (भिडियो रिपोर्ट)

Logo