चीनलाई कर वृद्धिविरूद्ध प्रतिकार नगर्न अमेरीकी राष्ट्रपतिकाे आग्रह

चीनलाई कर वृद्धिविरूद्ध प्रतिकार नगर्न अमेरीकी राष्ट्रपतिकाे आग्रह


काठमाडौं,

चिनियाँ सामानमाथि हालै गरिएको कर वृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आग्रह गरेका छन् । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १० प्रतिशतबाट २५ प्रतिशत कर वृद्धिसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिएकाे थियाे । यससँगै दुई देशबीच सम्बन्धमा समस्या आउन सक्ने ट्रम्पले चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्वीटरमार्फत लेखेको सन्देशमा भनिएको छ, ‘चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।’

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत वर्षदेखि देखिएको तनाव अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुवै पक्षले बताउँदै आएका छन् ।

रासस

Logo