सौन्दर्यदेखि वीर्यसम्मको लागि लाभकारी प्याज

सौन्दर्यदेखि वीर्यसम्मको लागि लाभकारी प्याज


हाम्रो दैनिक खानपानमा प्याजको एक महत्वपूर्ण हिस्सा हुन्छ । खानाको स्वाद बढाउनको लागि प्याज जरुरी हुन्छ तर प्याजले स्वादमात्र बढाउदैन् ।

साथै प्याज आफ्नो राम्रो गुणहरुले गर्दा अझ बढी बिशेष छ । हाम्रो भान्सामा कहिल्यै नटुट्ने प्याजको फाइदाहरुका बारेमा कमैलाई थाहा हुनसक्छ । स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिने प्याजको गुणहरु के के छन् ?

१. रुघाखोकीमा लाभकारी
रुघाखोकी र कफको समस्यामा प्याज धेरै लाभदायक मानिन्छ । यस्तो बेला प्याज सेवन गर्दा धेरै आराम मिल्छ । कफ जमेको बेला प्याजको रसमा मिश्री मिलाएर चाट्दा धेरै फाइदा हुन्छ ।

२.कपालको सुरक्षाकवच
कपाल झर्ने समस्या छ भने प्याज समस्याको समाधान हुन सक्छ । प्याजको रस प्रयोग गर्दा कपाल झर्न रोक्छ । साथै प्याजको सेवन नियमित गरेमा कपालको जरा मजबुत हुन्छ ।

३. छालाको लागि फाइदाजनक
प्याजमा एन्टी इम्फ्लामेट्री, एन्टी एलर्जिक, एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण हुन्छ । यिनै गुणहरुको कारण प्याज धेरै रोगहरुमा धेरै लाभकारी हुन्छ । प्याजको नियमित सेवनले धेरै रोगहरुलाई भगाँउछ । केहि अनुसन्धानहरुले प्याजको नियमित सेवनबाट मानिसहरुको आयु पनि लम्बिने बताउँदै आएका छन् । यसको साथै छाला चाउरी पर्नबाट पन जोगाउँछ । र छालाको चमक उस्तै राख्छ ।

४. वीर्यको लागि फाइदाजनक
प्याजको रस र मह मिलाएर खाएमा वीर्यवृद्धि हुन्छ । नपुंसकता हटाउनको लागि प्याज उपयोगी हुन्छ । यौन उत्तेजना बढाउनको लागि वा जागृत गर्नको लागि प्याजले सहायक भुमिका खेल्छ । साथै यौन दुर्वलताबाट पनि बचाउँछ ।

५.मधुमेहमा फाइदाजनक
मधुमेहका बिरामीहरुको लागि काँचो प्याज धेरै लाभकारी हुन्छ । प्याज खाँदा शरिरमा इन्सुलिन पैदा हुन्छ । शरिरमा सुगरको लेभल सन्तुलन गर्नमा प्याजको अहम योगदान हुन्छ । शरिरमा इन्सुलिनको मात्रा बढाउनुका साथै ब्लडमा सुगरको लेभल नियन्त्रण गर्छ ।

६. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि प्याज धेरै फाइदाजनक हुन्छ । यसको नियमित सेवनले धेरै किसिमको रोग लाग्नबाट बचाउँछ ।

७. अपचबाट छुटकारा
धेरैजसो मानिसहरु अपचको समस्याबाट हैरान हुन्छन् । यदि तपाईलाई पनि अपचको समस्या छ भने प्याजको सेवन गर्नुहोस् । प्याजको सेवनबाट शरिरमा पाचक रसको प्रवाह धेरै हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । साथै तौल नियन्त्रण पनि गर्छ ।

८.क्यान्सरबाट बचाउँछ
क्यान्सर जस्तो घातक रोगबाट बच्नको लागि प्याज एक राम्रो औषधी बन्न सक्छ । यो अक्सिडेन्टबाट भरपुर हुन्छ । यसमा भिटामिन–सी पनि पाइन्छ, जुन क्यान्सरको रोकथामको लागि सहयोगी भुमिका खेल्छ ।

९. कानको दुखाई कम
कानमा कुनै पनि प्रकारको समस्या हुँदा प्याजलाई आगोमा हल्का तताएर मनतातो रस निकाल्ने । उक्त रस कानमा हाल्नाले कानको दुखाई एंव अन्य समस्या समाप्त हुन्छ ।

१०. महिनावारीको क्रममा लाभ
महिलाहरुमा महिनावारीसँग जोडिएको समस्या हुँदा प्याजको रसमा मह मिलाएर सेवन गरेमा धेरै लाभदायक हुन्छ । अत्याधिक दुखाई हुँदा पनि प्याजको सेवनले राहत मिल्छ ।

Logo