आमा खुवाउने औँसीमा गर्नैपर्ने ५ काम, जसले मनोकांक्षा पुरा हुन्छ

आमा खुवाउने औँसीमा गर्नैपर्ने ५ काम, जसले मनोकांक्षा पुरा हुन्छ


काठमाडौँ । भोलि (सोमबार) आमा खुवाउने औँसी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन आमालाई विभिन्न प्रकारले पुज्ने चलन छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ ।

यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष महत्वका साथ मनाईन्छ ।

मातातिर्थ औसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने जनविश्वास रहिआएको छ । आमा खुवाउने औँसीको दिन केही गर्नैपर्ने कामहरु छन् । ति काम गर्दा आमामाथिको सम्मान हुन्छ ।

१. आमा खुवाउने औंसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गई स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।

२. यस दिन गरिब दुःखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पितृको आत्माले शान्ति पाउनेछ ।

३. यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।

४. आमा खुवाउने औंसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात तोरीको तेलको बत्ति बाल्नुपर्छ ।

५. यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।

नायिका ऋचा शर्मा र उहाँकी आमा । तस्बिरः सामाजिक सञ्जाल

Logo