किम-पुटिनविच ऐतिहासिक भेटवार्ता

किम-पुटिनविच ऐतिहासिक भेटवार्ता


उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविच आज भेटवार्ता भएको छ ।

नेता किम र राष्ट्रपति पुटिनविच भएको यो पहिलो र ऐतिहासिक भेटवार्ता हो । रुसको भ्लादिभोस्तोक शहरमा रहेको रस्कि टापुमा यी दुइ नेताविच भेटघाट भएको हो ।

दुई महिनाअघि भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसंग दोस्रो वार्ता विफल भएपछि भएको किम–पुटिन भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । के्रमलिनले यी दुई नेताविचको भेटवार्तामा उत्तर कोरियालाई निशसत्रिकरण गर्नेवारे छलफल हुने जनाएको छ । तर अमेरिकासंग वार्ता असफल भएपछि अब कसरी अगाडि बढ्ने भन्ने वारेमा किम – पुटिन छलफल गर्न चाहिरहेको विश्लेषकहरु बताएका छन् ।

रुसी उच्च अधिकारीहरुले हिजो भ्लादिभोस्तोक शहरमा किमको भब्य रुपमा स्वागत गरेका थिए । यसअघि, सन् २०११ मा किमका पीता तथा तत्कालिन उत्तर कोरियाका सर्वोच्च नेता किम जङ इल पनि रुस भ्रमणमा गएका थिए ।

Skip This
Logo