1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

छोरीलाई जन्मनै निषेध : छोरी जन्मने क्रम हरेक वर्ष घट्दै !

1
1
1
1
1
1
1
1

काठमाडौं

नेपालमा पुरुष भन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्ष भित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुने लगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण अनुसार (०६८ को राष्ट्रिय जनगणना) एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकानुसार आर्थिक वर्ष ०७३÷७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो । त्यस्तै आब ०७२,७३ मा एक लाख ८६ हजार ८ सय १७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४ सय ९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१,७२ मा एक लाख ४७ हजार ४ सय २४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४ सय १६ मात्र छोरी जन्मिए ।

प्रसूतिगृहमा आर्थिक वर्ष ०७३,७४ मा १८ हजार ७ सय २० बच्चा जन्मिएका थिए । ती मध्ये १० हजार १ सय ३ छोरा र ८ हजार ६ सय १७ छोरी थिए । तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदैछ । भारतमा एक सय ११ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । त्यस्तै सिंगापुरमा एक सय ७ छोरा जन्मिँदा सय छोरी जन्मिन्छन् । यो अनुपात २५ वर्ष देखि स्थिर छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २८ साउन २०७५ ०९:०१ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी