डेरा अगाडि विभत्स अवस्थामा महिलाको शव फेला, भित्री बस्त्र कोठामै भेटियो

डेरा अगाडि विभत्स अवस्थामा महिलाको शव फेला, भित्री बस्त्र कोठामै भेटियो


मोरङ । पथरी शनिश्चरे नगरपालिका १ मा डेरा अगाडि विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रवार राति पथरी बजारमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम उनी छोरासहित गएकी थिईन् । कार्यक्रम हेरेर राति घर फर्किएकी थिईन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी घरको तेस्रो तलामा डेरा गरेर बस्थिन् ।

महिलाले राति मदिरा सेवन गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको एसपी केसीको भनाई छ । राति मदिरा सेवन गरी छोरासँग कोठामा आएको र बिहान डेरा अगाडि शव भेटिएकोले थप अनुसन्धान भईरहेको एसपी केसीले बताए ।

‘अत्याधिक मादक पदार्थ सेवनका कारण लडेर मृत्यु भएको पनि हुन सक्छ,’ एसपी केसीले भने, ‘हत्या गरेर शव फ्यालेको पनि हुन सक्ने देखिन्छ ।’ उनले घटनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेकाले प्रहरी चाँडै निस्कर्षमा पुग्ने जानकारी दिए।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरिरहेको एसपी केसीको भनाई छ । रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । रिनाको टाउकोमा गहिरो चोट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् । रिनाका श्रीमान वैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

Photo: ourbiratnagar.net

Logo