२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

सिसडोलले धान्नै नसक्ने उपत्यकाको फोहोर : ३ महिना भित्रै विकल्प खोजिनु पर्ने

1
1
1
1
1
1

नुवाकोट

सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् ।

कतिपय सवारी चालक त दुई दिन सम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुँ जस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपैयाँ सिसडोलमा खर्च गर्ने गरेको छ ।

सरकारले कम्तीमा पनि पाँच वर्षकालागि वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे अबको तीन महिनापछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि बहादुर कुवँरले बताए । अहिले सिसडोलमा सामान्य बाटो मर्मत गरेपछि नगन्य मात्रामा फोहोर व्यवस्थापन भैरहेको छ । पानी परेपछि बाटो हिलाम्य हुन्छ । सवारी साधन संचालन हुनै सक्दैन पानी नपरेको बेला झण्डै १ सय ५० सवारी साधनले फोहोर व्यवस्थापन गर्दा घण्टौ लाग्ने गरेको छ ।

२०६२ साल जेठ २२ गते देखि काठमाडौं र ललितपुरमा उत्पादन भएको फोहोर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । त्यस क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटको क्षमता ३ बर्ष हुने अनुमान गरिएको थियो । तत्कालिन अवस्थामा काठमाडौं महानगर र ललितपुर उपमहानगरबाट दैनिक ३ सय ७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । अहिले दैनिक झण्डै १ हजार टन फोहोर जाने गरेको छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: १ भदौ २०७५ ०८:०२ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी