पाल्पाको रिब्दिकोट गाउँपालिकामा बम विस्फोट

पाल्पाको रिब्दिकोट गाउँपालिकामा बम विस्फोट


पाल्पा

पाल्पामा सुतली बम पड्किएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

बम विस्फोटको घटनापछि प्रहरीको टोली त्यसतर्फ लागेको छ । बम विप्लव समूहको नेकपाका कार्यकर्ताले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

सो नेकपा समुहले आजको लागि नेपाल बन्दको घोषणा गरेको छ । बुधबार नवलपरासीमा रहेको चौधरी ग्रुपको परिसरमा पनि बम विष्फोट भएको थियो ।

Logo