सरकारको बेरुजू ६ खर्ब ८३ अर्ब ६६ करोड : महालेखा प्रतिवेदन

सरकारको बेरुजू ६ खर्ब ८३ अर्ब ६६ करोड : महालेखा प्रतिवेदन


काठमाडौँ

सरकारको बेरुजू ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणबाट सो अंकको बेरुजू निस्किएको हो ।

उक्त बेरुजू मध्ये तीन खर्ब ७७ अर्ब ४८ करोड अद्यावधिक र तीन खर्ब ६ अर्ब १८ करोड लेखापरीक्षण बक्यौता, राजस्व बक्यौक्ता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समेत जोड्दा सो अंकको बेरुजू पुगेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।

महालेखा परीक्षण कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५६ औं वार्षिक प्रतिवेदन बुझाएको थियो । लगत्तै पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो ।
नागरिकबाट

Logo