गुराँस लघुवित्तको आइपीओ आउँदै

गुराँस लघुवित्तको आइपीओ आउँदै


गुराँस लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डले गुराँसलाई प्रतिकित्ता एक सय रुपैयाँको दरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न  अनुमति दिएको हो ।
यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागेको हो ।
गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा रहेको छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । कम्पनीले २२ वटा शाखा कार्यालयबाट वित्तीय सेवा पुर्याउँदै आएको छ ।

Logo