सांसद लिङ्देनलाई ५० लाख माग्दै धम्की दिने व्यक्ति पक्राउ

सांसद लिङ्देनलाई ५० लाख माग्दै धम्की दिने व्यक्ति पक्राउ


प्रहरीले सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई सामाखुसी बस्दै आएका तिलकदास पराजुलीलाई पक्राउ गरेको हो। उनीसँगै हुम्लाका प्रदीप रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले आफू राप्रपाकै कार्यकर्ता रहेको बताएको प्रहरीले जनाएको छ ।

मार्च १७ देखि १९ सम्म लगातार धम्की आएपछि सांसद लिङ्देनले ब्युरोमा मौखिक उजुरी गरेका थिए। यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Logo