आफ्नै बिद्यार्थीको सिकार बने सहायक डिन, कालोमोसो र जुत्ताको माला

आफ्नै बिद्यार्थीको सिकार बने सहायक डिन, कालोमोसो र जुत्ताको माला


रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका बिद्यार्थीहरुले आफ्नै शिक्षकमाथि कालोमोसो र जुत्ताको माला लगाई दिएका छन्।

कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई आफ्नै बिद्यार्थीहरुले दुर्ब्यबहार गरेका हुन् । उनीमाथि ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको आरोप छ।बिद्यार्थीहरुले ८ लेक्चरमा नै कोर्स सकाएको र तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर पठाएको आरोप लगाएका छन् ।

ओझाले बिरोध गर्ने विद्यार्थीको प्राक्टिकल नम्वर नै कम दिने गरेको उनीहरुको आरोप छ ।

Skip This
Logo