SEE परीक्षा दिएका विद्यार्थीलाई अल्फा बिटामा ब्रिज कोर्सको लागी भर्ना सुरु

SEE परीक्षा दिएका विद्यार्थीलाई अल्फा बिटामा ब्रिज कोर्सको लागी भर्ना सुरु


नेपालमा ब्रिज कोर्सको सुरुवात गर्ने, नयाँ बानेश्वरस्थित अल्फा बिटामा यस वर्षको लागी ब्रिज कोर्समा भर्ना खुलेको छ । साइन्स, म्यानेजमेन्ट, नर्सिङ तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु यही मिति २०७५ साल चैत्र महिनाको २४ गतेबाट सञ्चालनमा आउने अल्फा बिटाका पे्रसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए ।

अल्फा बिटामै ब्रिज कोर्स किन भन्ने हाम्रो प्रश्नमा, शर्माले मुख्य कारण अल्फा बिटाले ब्रिज कोर्समा प्रदान गर्ने तयारी कक्षाका साथै विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुद्वारा प्रदान गरिने करियर काउन्सीलिङ्ग रहेको बताए । यसका साथै अल्फा बिटाले हरेक वर्ष ब्रिज कोर्समा विभिन्न अतिरिक्त क्रियाकलाप तथा व्यावहारिक कक्षाहरुमा ध्यान दिने गरेको जानकारी गराए ।

SEE परीक्षा सकेर बसेका विद्यार्थीहरुका निम्ति ब्रिज कोर्स निकै नै आकर्षक तथा फलदायी हुनेमा आम अभिभावकहरु पनि आशावादी छन् । गत वर्ष अल्फा बिटाबाट ब्रिज कोर्स कक्षा पढेर सेन्ट जेभियर्स गोदावारीमा नाम निकाल्न सफल भएका आर्शिवाद झाका अभिभावक पनि यस कुरामा सहमत हुदै भन्छन्, “ब्रिज कोर्स सुरु गर्नु अघि र पछिमा मैले आफ्नो बाबुमा धेरै भिन्नता पाएँ । पहिले राम्रो पढ्नुपर्छ, मेहेनत गर्नुपर्छ भन्ने भावना त थियो तर कसरी राम्रो गर्ने भन्ने हामीलाई पनि खासै जानकारी थिएन । अल्फा बिटामा ब्रिज कोर्स गर्दा, विभिन्न व्यक्तित्वहरुको अनुभव र भोगाई सुन्दा, नेपालका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुसँग भेट्दा तथा व्यावहारिक शिक्षाले उत्प्रेरित भएर आफ्नो बाबुमा सकारात्मक सोचको विकास भएको पाएँ ।”

अल्फा बिटा ब्रिज कोर्स के हो भन्ने विस्तृृतमा जानकारी लिदाँ द्विराज शर्मा भन्छन्, “अल्फा बिटा ब्रिज कोर्स भनेको उत्कृष्ट तयारी कक्षा, सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एस. ओ. एस., ट्रिनिटी, हिमालयन ह्वाईट, नामी, ब्रिटिस कलेज, के.एम.सी., गोल्डेन गेट जस्ता उत्कृष्ट कलेजको नमुना प्रश्नहरुमा आधारित साप्ताहिक परीक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो । सामान्यतया कक्षा १० तथा ११ को कोर्समा रहेको अंतर पुरा गर्न तयारी कक्षाका रुपमा हामीले यसको सुरुवात गरेका हौँ । समय बित्दै गर्दा यसलाई अझै प्रभावकारी बनाउन यही कोर्समा विभिन्न पक्षहरु जोड्दै लग्यौँ ।’

साप्ताहिक परीक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्रिया र रोबोट, रोबोटिक्सको बारेमा शिक्षा, आत्मनिर्भर हुने गतिविधिहरु जस्तै सामाजिक बोल, व्यक्तित्व विकास र विभिन्न सफल व्यक्तित्वहरुसँगको अन्तरक्रियाले गर्दा यो १० हप्ताको समयमा विद्यार्थीले नौलो एक्सपोजर पाउने शर्माले जानकारी गराए । साइन्स, म्यानेजमेन्ट, नर्सिङ्ग तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु यही मिती २०७५ साल चैत्र महिनाको २४ गतेबाट सञ्चालनमा आउने छन् ।

Logo