यी हुन् आठौ राष्ट्रिय खेलकुदका महत्वपूर्ण विशेषता (भिडियोमा)

यी हुन् आठौ राष्ट्रिय खेलकुदका महत्वपूर्ण विशेषता (भिडियोमा)


आठौ राष्ट्रिय खेलकुल प्रतियोगिता २०७६ बैशाख ५ गते देखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सनिबार पत्रकार सम्मेलन गरि वृहत राष्ट्रिय खेलकुदको आठौ संस्करण २०७६ बैशाख ५ गते देखि संञ्चालन हुने जनाएको हो । तर खेलकुद प्रतियोगितामा समावेश ३५ खेल मध्ये कतिपय खेलहरु चैत २७ गते देखि नै सुरु हुने परिषद्ले जनाएको छ ।

प्रदेश ५ मा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुनेछन् । ३५ खेलका लागि ७ सय ९३ स्वर्ण, ७ सय ९३ रजत र १ हजार १ सय २ कास्य पदकका लागि खेल हुनेछन् ।

४३ करोड बजेटको प्रतियोगिताका लागि ३२ करोड ८४ लाख रुपैयाँ निकासा भइसकेको तथा ११ करोड रुपैया निकासा हुन बाँकि रहेको परिषद्ले जनाएको छ । अपुग रकमका लागि अर्थमन्त्रालय संग पत्राचार भईसकेको परिषद्ले जनाएको छ ।

प्रतियोगितामा दर्ता भएका ५ हजार २ सय ११ खेलाडीमा २ हजार ७ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला छन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय ९ सय २२ र स्थानीय ४ सय ७१ गरि १ हजार ३ सय ९३ जना निर्णायकको सहभागिता रहने छ ।

प्रतियोगिताको हरेक स्वर्ण विजेता खेलाडीले छुट्टै १० हजार रुपैयाँ पाउने गरेकोमा अब १५ हजार रुपैयाँ पाउनेछन् । यस्तै सामुहिक स्पर्धा तर्फको विजेताले ५ हजार रुपैयाँ पाउनेछन् । स्वर्ण पदक विजेताले पाउने खर्चमा स्वर्ण तर्फ ५ करोड २८ लाख रुपैयाँ र सामुहिक तर्फ ७९ लाख रुपैया छुट्याइएको छ । यस्तै रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप २५ हजार रुपैयाँ दिईने छ ।

https://youtu.be/EP2EYh2fGcI?list=UUPEwoZthpr3YZzrvlowpqgw

 

Logo