चक्र बमको कमेडी डिजे गीत, ‘पैसा कात्तरो’

चक्र बमको कमेडी डिजे गीत, ‘पैसा कात्तरो’


काठमाडौं । डोटेली भाषाको डिजे गीत ‘पैसा कात्तरो’ सार्वजनिक भएको छ । चक्र बम र लालबहादुर धामी ‘अछामी बड्डो’ को स्वरमा रहेको गीतमा अराज केशवले र्‍याप भरेका छन् ।

यो गीतमा पैसाको अभावमा हुने समस्या र बढी पैसा हुँदा मानिसमा देखापर्ने घमण्डलाई उजार गरिएको छ । यो गीतमा शब्द संगीत दुवै चक्र बमको नै रहेको छ । यस गीतलाई केशव बडूले एरेञ्ज गरेका छन् ।

कलियुगमा पैसाको महत्व बारे यो गीतमा बर्णन गरिएको छ । पैसा हुँदा पाउने मान सम्मान र पैसा नहुँदा सबैबाट कसरी हेपिनुपर्छ भन्ने कुरालाई गीतमा समेटिएको छ । निकै कमेडी शैलीमा तयार पारिएको भिडियोलाई मोडल चक्र बमकै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Logo