डा. भेषबहादुर थापामाथि अर्को बज्रपात, जेठी छोरीको निधन

डा. भेषबहादुर थापामाथि अर्को बज्रपात, जेठी छोरीको निधन


काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापालाई अर्को शोक परेको छ । ५ वर्षअघि छोरा गुमाएका थापाले फेरि जेठी छोरी गुमाएका छन् । उनकी जेठी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकामा बस्दै आएकी तेजश्री सामाजिक न्याय र वकालत क्षेत्रमा सक्रिय थिईन् । उनले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।

Logo